निषेधाज्ञामा ठगि
संकटमा यात्रु ठग्ने प्रक्रिया रोकिएन, निषेधाज्ञापछि ३३ जना पक्राउ

काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९)को संक्रमण तीव्र गतिमा फैलिएसँगै उपत्यकासहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको बढ्दो प्रभावलाई उपत्यकाका जिल्लाहरूले थप कडाईका साथ जेठ १३ सम्म निषेधाज्ञा गर्ने घोषणा गरिसकेको छ । पछिल्लो समय कोरोनाको केन्द्रबिन्दु उपत्यका बन्दै गर्दा बाहिरिने सर्वसाधरणको संख्या बढ्दो छ ।
सर्वसाधरण उपत्यकाबाट बाहिरिने क्रम बढेसँगै यातायात व्यवसायीले बढी भाडा लिएर यात्रुलाई ठगी गर्ने गरेको विषय बाहिर आएको छ । यसैबीच पछिल्लो समय प्रहरीले यात्रुसँग बढी भाडा लिने ३३ जनालाई प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ ।
वैदेशिक रोजगारीबाट स्वदेश आएका र जरुरी कामका लागि उपत्यकाबाहिरी जिल्लाहरुमा जाने यात्रुसँग ६ गुण बढी भाडा लिने गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तो कार्यमा काउण्टरका कर्मचारीसमेत संलग्न रहेको भन्दै ३३ जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अपरेशन टोलीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।
महाशाखाका अनुसार गोप्य निगरानी र अनुगमन गर्दै कारबाही अभियानलाई तीव्रता दिँदै आएका छ । ‘बढी भाडा लिने जोसुकैलाई नियन्त्रणमा लिन्छौँ, पछिल्लो समय काउण्टरका कर्मचारी नै ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको छ,’ महाशाखाले भनेको छ । निषेधाज्ञा लागु भएपछि गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ गर्ने कर्मचारीलाई नियन्त्रण गर्दै आएको छ । महाशाखाले आजै मात्रै बारा जिल्ला जाने यात्रुसँग दोब्बर बढी भाडा लिएको पाएपछि बाफलबाट सर्लाही बरथहवाका २४ वर्षे अरबिन्दकुमार साह र सिम्रौनगढ बाराका वर्ष २५ का अफताब आलमलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भुमा बुझाएको महाशाखाले जनाएको छ ।
यसैगरी, ट्राफिक प्रहरीले काठमाडौँको बसपार्क क्षेत्रबाट बाजुरा, जगन्नाथका २६ वर्षे अनिल बि.क., बर्दिया गेरुवाका वर्ष ३७ का कृष्ण चौधरी र सोही स्थानका ३५ वर्षे बल बहादुर थारुलाई पक्राउ गरी वृत्त बालाजुमा बुझाएको छ । प्रहरीले दाङ र नेपालगञ्ज जाने यात्रुसँग प्रतिव्यक्ति ३ हजारदेखि ३५ सयसम्म भाडा लिएको कसुरमा उनीहरु पक्राउ गरेको हो । तोकिएभन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>








चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया