निषेधाज्ञामा ठगि
संकटमा यात्रु ठग्ने प्रक्रिया रोकिएन, निषेधाज्ञापछि ३३ जना पक्राउ

काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९)को संक्रमण तीव्र गतिमा फैलिएसँगै उपत्यकासहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको बढ्दो प्रभावलाई उपत्यकाका जिल्लाहरूले थप कडाईका साथ जेठ १३ सम्म निषेधाज्ञा गर्ने घोषणा गरिसकेको छ । पछिल्लो समय कोरोनाको केन्द्रबिन्दु उपत्यका बन्दै गर्दा बाहिरिने सर्वसाधरणको संख्या बढ्दो छ ।
सर्वसाधरण उपत्यकाबाट बाहिरिने क्रम बढेसँगै यातायात व्यवसायीले बढी भाडा लिएर यात्रुलाई ठगी गर्ने गरेको विषय बाहिर आएको छ । यसैबीच पछिल्लो समय प्रहरीले यात्रुसँग बढी भाडा लिने ३३ जनालाई प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ ।
वैदेशिक रोजगारीबाट स्वदेश आएका र जरुरी कामका लागि उपत्यकाबाहिरी जिल्लाहरुमा जाने यात्रुसँग ६ गुण बढी भाडा लिने गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तो कार्यमा काउण्टरका कर्मचारीसमेत संलग्न रहेको भन्दै ३३ जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अपरेशन टोलीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।
महाशाखाका अनुसार गोप्य निगरानी र अनुगमन गर्दै कारबाही अभियानलाई तीव्रता दिँदै आएका छ । ‘बढी भाडा लिने जोसुकैलाई नियन्त्रणमा लिन्छौँ, पछिल्लो समय काउण्टरका कर्मचारी नै ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको छ,’ महाशाखाले भनेको छ । निषेधाज्ञा लागु भएपछि गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ गर्ने कर्मचारीलाई नियन्त्रण गर्दै आएको छ । महाशाखाले आजै मात्रै बारा जिल्ला जाने यात्रुसँग दोब्बर बढी भाडा लिएको पाएपछि बाफलबाट सर्लाही बरथहवाका २४ वर्षे अरबिन्दकुमार साह र सिम्रौनगढ बाराका वर्ष २५ का अफताब आलमलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भुमा बुझाएको महाशाखाले जनाएको छ ।
यसैगरी, ट्राफिक प्रहरीले काठमाडौँको बसपार्क क्षेत्रबाट बाजुरा, जगन्नाथका २६ वर्षे अनिल बि.क., बर्दिया गेरुवाका वर्ष ३७ का कृष्ण चौधरी र सोही स्थानका ३५ वर्षे बल बहादुर थारुलाई पक्राउ गरी वृत्त बालाजुमा बुझाएको छ । प्रहरीले दाङ र नेपालगञ्ज जाने यात्रुसँग प्रतिव्यक्ति ३ हजारदेखि ३५ सयसम्म भाडा लिएको कसुरमा उनीहरु पक्राउ गरेको हो । तोकिएभन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया