पदभार ग्रहण गर्दै महावीर पुनले भने- मन्त्री क्वार्टर चाहिँदैन, मन्त्रालयमै एउटा खाट र किचेन दिनुस्

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने बताएका छन् । मन्त्री पुनले सोमबार शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै पुनले आफूलाई बस्नका लागि छुट्टै क्वाटर नचाहिने बताएका छन् ।
‘मलाई मन्त्री क्वार्टर चाहिन्न, सचिवज्युलाई अहिले नै के निर्देशन दिन चाहान्छु भने यहाँ एउटा कोठा बनाउनुहोस्,’ पुनले भने, ‘त्यहाँ एउटा बेड भए पुग्छ। जहाँ काम गर्याे यो, त्यही बस्ने बानी छ मेरो। एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’
उनले आफूलाई सुरक्षा पनि नचाहिने बताए ।
पुनले भने,‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिसको र एउटा आर्मीको रहेछ । मैले भाइहरुलाई भनेको छु । रिपोर्ट गर्नु कमाण्डरहरुलाई । म यो मन्त्रालयमा छँदा यहीँ बसौं । यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन ।’
















‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया