पुराना नेता सच्चिनेवाला छैनन्, लुकाएकाे सम्पत्तिको बलमा चुनाव जितेर आउन सक्छन् : बाबुराम भट्टराई

काठमाडौँ । नेसपा नयाँ शक्तिका नेता डा.बाबुराम भट्टराईले निर्वाचन प्रणालीमा रहेको शासकीय त्रुटि सुधार गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै डा.भट्टराईले जेनजी प्रतिनिधिहरूलाई सुझाव दिने क्रममा सरकारसँग वार्ता गरेर यो प्रणाली सुधार गर्न आग्रह गरेका हुन् ।
‘यो सरकार तपाईंहरुले बनाएको सरकार हो । यो सरकारसँग वार्ता गरेर लिखित रूपमा निर्वाचनअघि केही सुधारका काम हुनुपर्यो’, भट्टराईले भने– ‘पहिलो त भ्रष्टाचारीलाई कारबाही गर्ने आयोग बन्नुपर्यो ।’ उनले घटनाको छानबिन गर्ने आयोग बने पनि त्यो एउटा अंश मात्र रहेको बताए ।
पुराना दलले चुनाव नगराउन चलखेल गर्न सक्नेसमेत बताउँदै भट्टराईले भने, ‘उनीहरु (पुराना दल)ले आफ्नो अनुकूलता नआएसम्म चुनाव रोक्न सक्छन् । त्यसकारण जेन जी पुस्ताले निरन्तर दबाब दिन आवश्यक छ । लुकाएको पैसाको आधारमा पुराना नेता फेरि चुनाव जितेर आउन सक्छन् । त्यसलाई रोक्न आयोग बनाएर अनुसन्धान गर्न आवश्यक छ । अस्ति अलि अलि पैसा त जल्यो ।’
पुराना दल नसच्चिने उनी बताउँछन् । दल रूपान्तरण गर्नका लागि दोस्रो तहका नेताले दबाब दिन आवश्यक रहेको भट्टराईले बताए ।
पुराना दललाई उठ्न दिन नहुने उनको भनाइ छ । ‘अब नयाँ र वैकल्पिक शक्ति आउनुपर्छ । विवेकशील साझा पार्टी, नयाँ शक्ति, स्वतन्त्र जितेर आएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, धरानका मेयर हर्क साम्पाङ, रास्वपा मिल्नुपर्छ,’ भट्टराईले भने ।
















हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
प्रतिक्रिया