पुराना नेता सच्चिनेवाला छैनन्, लुकाएकाे सम्पत्तिको बलमा चुनाव जितेर आउन सक्छन् : बाबुराम भट्टराई

काठमाडौँ । नेसपा नयाँ शक्तिका नेता डा.बाबुराम भट्टराईले निर्वाचन प्रणालीमा रहेको शासकीय त्रुटि सुधार गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै डा.भट्टराईले जेनजी प्रतिनिधिहरूलाई सुझाव दिने क्रममा सरकारसँग वार्ता गरेर यो प्रणाली सुधार गर्न आग्रह गरेका हुन् ।
‘यो सरकार तपाईंहरुले बनाएको सरकार हो । यो सरकारसँग वार्ता गरेर लिखित रूपमा निर्वाचनअघि केही सुधारका काम हुनुपर्यो’, भट्टराईले भने– ‘पहिलो त भ्रष्टाचारीलाई कारबाही गर्ने आयोग बन्नुपर्यो ।’ उनले घटनाको छानबिन गर्ने आयोग बने पनि त्यो एउटा अंश मात्र रहेको बताए ।
पुराना दलले चुनाव नगराउन चलखेल गर्न सक्नेसमेत बताउँदै भट्टराईले भने, ‘उनीहरु (पुराना दल)ले आफ्नो अनुकूलता नआएसम्म चुनाव रोक्न सक्छन् । त्यसकारण जेन जी पुस्ताले निरन्तर दबाब दिन आवश्यक छ । लुकाएको पैसाको आधारमा पुराना नेता फेरि चुनाव जितेर आउन सक्छन् । त्यसलाई रोक्न आयोग बनाएर अनुसन्धान गर्न आवश्यक छ । अस्ति अलि अलि पैसा त जल्यो ।’
पुराना दल नसच्चिने उनी बताउँछन् । दल रूपान्तरण गर्नका लागि दोस्रो तहका नेताले दबाब दिन आवश्यक रहेको भट्टराईले बताए ।
पुराना दललाई उठ्न दिन नहुने उनको भनाइ छ । ‘अब नयाँ र वैकल्पिक शक्ति आउनुपर्छ । विवेकशील साझा पार्टी, नयाँ शक्ति, स्वतन्त्र जितेर आएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, धरानका मेयर हर्क साम्पाङ, रास्वपा मिल्नुपर्छ,’ भट्टराईले भने ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया