प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति
मेरोन्यूज
२०८२ असोज ९ गते १६:३०

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विशेष महाधिवेशनमा जाने भएपछि पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका थिए ।
पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए । उनले निर्वाचनपछि मात्रै महाधिवेशनमा जानुपर्ने मत राखे ।
यस्तै उपमहासचिव शर्माले भने सबै पदाधिकारीले राजीनामा दिएर निर्देशक समितिमा बस्नुपर्ने र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अगाडि सारे ।
सम्बन्धित
















पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया