जापानको राजधानीमा महँगीको नराम्राे असर, खाद्यान्न मूल्य उच्च

जापानको आन्तरिक मामिला मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, टोकियोको मूल उपभोक्ता मूल्य सूचकाङ्क चालू अगस्त महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०२० लाई आधार वर्ष मानेर बनाइएको सूचकाङ्क १०० मा रहँदा यस पटकको सूचकाङ्क ११०.० पुगेको छ । यो वृद्धि दर अघिल्लो अगस्त महिनासँग समान रहेको मन्त्रालयले जनाएको छ । खाद्यान्नको मूल्य निरन्तर बढिरहेको छ । ताजा वस्तुहरू बाहेक प्रशोधित खाद्य वस्तुहरूको मूल्य ६.९ प्रतिशतले बढेको छ ।
विशेष रूपमा चामलको मूल्य ४६.८ प्रतिशत, चकलेटको ५३.८ प्रतिशत र कफीको दानाको मूल्य ४७.८ प्रतिशतले वृद्धि भएको देखिएको छ । यो वृद्धि केही मात्रामा सन्तुलनमा पार्ने गरी, टोकियो महानगरपालिकाले चालू सेप्टेम्बर १७ गतेदेखि बालबालिका स्याहार शुल्क माफ गर्ने कार्यक्रम विस्तार गरेपछि बाल स्याहार सेवाको शुल्कमा ६०.४ प्रतिशतको कमी आएको छ ।
टोकियोको मूल्य सूचकाङ्कलाई देशभरको महँगीको प्रवृत्ति देखाउने प्रमुख सङ्केतकको रूपमा लिइन्छ । सम्पूर्ण जापानको चालू महिनाको उपभोक्ता मूल्य सूचकाङ्क आगामी अक्टोबर २४ गते सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया