सुरुङभित्र मृत्यु भएका मजदुरको परिवारलाई क्षतिपूर्ति

किमाथाङ्का । सङ्खुवासभाको निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको सुरुङभित्र मृत्यु भएका मृतकका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।
बुधबार बिहान सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो ।
चिचिला गाउँपालिका–३ पुखुवामा बुधबार राति ११ बजे अरुण तेस्रोको निर्माण गरिहेको पटेल इन्जिनियरिङ र पीडितपक्षबीच सहमति भएपछि मृतकको शव आफन्तले जिम्मा लिएका छन् ।
मृतक रानाको परिवारलाई निर्माण कम्पनीले काजकिरिया खर्च तत्काल पाँच लाख रुपैयाँ उपलब्ध गराएको मृतकका भाई रामस्वरुप रानाले जानकारी दिए ।
जिल्ला अस्पताल खाँदबारीबाट बिहीबार दिउँसो मृतक कृष्णको शव पोष्टमार्टम पश्चात कञ्चनपुर लगिएको छ । आयोजनास्थलमा सुरक्षाको प्रबन्ध नभएको भन्दै गृहस्थलको निर्माण कार्य बन्द गरिएको भारतीय निर्माण कम्पनी सतलजका कार्यकारी अधिकृत अरुण धिमानले बताए ।










प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट
साना तथा लघु उद्यम कर्जा विस्तारका लागि डीएआई-उदय परियोजनासँग ग्लोबल आइएमई बैंकको सहकार्य
नागरिक लगानी कोषले बोलायो साधारणसभा
EC scraps six political parties
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया