सुरुङभित्र मृत्यु भएका मजदुरको परिवारलाई क्षतिपूर्ति

किमाथाङ्का । सङ्खुवासभाको निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको सुरुङभित्र मृत्यु भएका मृतकका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।
बुधबार बिहान सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो ।
चिचिला गाउँपालिका–३ पुखुवामा बुधबार राति ११ बजे अरुण तेस्रोको निर्माण गरिहेको पटेल इन्जिनियरिङ र पीडितपक्षबीच सहमति भएपछि मृतकको शव आफन्तले जिम्मा लिएका छन् ।
मृतक रानाको परिवारलाई निर्माण कम्पनीले काजकिरिया खर्च तत्काल पाँच लाख रुपैयाँ उपलब्ध गराएको मृतकका भाई रामस्वरुप रानाले जानकारी दिए ।
जिल्ला अस्पताल खाँदबारीबाट बिहीबार दिउँसो मृतक कृष्णको शव पोष्टमार्टम पश्चात कञ्चनपुर लगिएको छ । आयोजनास्थलमा सुरक्षाको प्रबन्ध नभएको भन्दै गृहस्थलको निर्माण कार्य बन्द गरिएको भारतीय निर्माण कम्पनी सतलजका कार्यकारी अधिकृत अरुण धिमानले बताए ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया