गृह मन्त्रालयको पहलमा स्काइट्रकमा ६० सिलिण्डर अक्सिजन काठमाडौं ल्याइयो
मेरोन्यूज
२०७८ वैशाख ३० गते २२:१५

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव भएपछि गृह मन्त्रालयको पहलमा ६० सिलिण्डर अक्सिजन ग्यास काठमाडौं ल्याइएको छ ।
सुनसरी जिल्लाबाट सेनाको स्काइट्रकमा ६० सिलिण्डर अक्सिजन काठमाडौं ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।
देशभरीबाट संकलन गरिएको अक्सिजन सिलिण्डर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मार्फत वितरणको व्यवस्था मिलाइएको छ ।
कोरोना संक्रमितको उपचारमा अक्सिजनको कमी हुन नदिन हरसम्भव प्रयास भइरहेको जनाउँदै गृह मन्त्रालयले अस्पतालबाहेक अन्य प्रयोजनमा रहेका अक्सिजन सिलिण्डर सरकारलाई बुझाउन पनि गृह मन्त्रालयले अनुरोध गरेको छ ।

सम्बन्धित

















कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे कुराकानी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
इजरायलले लेबनानामा गरेको आक्रमणमा ८ जनाको मृत्यु
उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
प्रतिक्रिया