गाजामा भएको इजरायली आक्रमणमा १५ जना प्यालेस्टिनीको मृत्यु

इजरायलले गाजा पट्टीमा शुक्रबार गरेको हवाई आक्रमणमा १५ जना प्यालेस्टिनीहरुको मृत्यु भएको जनाइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले १५ जना मृतक मध्ये ११ जनाको मृत्यु गाजा सहरमै भएको रिपोर्ट गरेको छ । यसैबिच, दक्षिणी गाजाको अल–मवासी, खान युनूसमा इजरायलले एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन जनाको मृत्यु भएको एजेन्सिले जनाएको छ ।
इजरायली सेनाले अल–मग्राबी स्ट्रिटमा नागरिकहरूको समूह र सहरको पश्चिमको अन्सार क्षेत्रमा आक्रमण गर्दा दक्षिणी गाजा सहरको अल–सब्रामा थप हताहत भएको रिपोर्ट गरिएको छ । उद्धार टोलीले गाजा सहरको दक्षिणपूर्वमा रहेको अल–जायतुनमा रहेको अल–फलाह स्कूलको भग्नावशेष मुनिबाट दुई प्यालेस्टिनीको शव बरामद गरेको जनाएको छ । जहाँ पाँच दिन अघि उद्धार टोलीहरूलाई लक्षित इजरायली सेनाले प्रहार गरेको थियो ।
यसका साथै पूर्वी गाजा सहरको उमर अल–मुख्तार सडक नजिकै इजरायली आक्रमणका कारण अधिकाशं बालबालकिासहित धेरै नागरिकहरू घाइते भएको जनाइएको छ । सन् २०२३ अक्टोबर देखि गाजामा जारी इजरायली आक्रमणले अहिलेसम्म ६६ हजार २२५ प्यालेस्टिनीहरूको ज्यान लिएको छ भने एक लाख ६८ हजार ९३८ भन्दा बढी घाइते भएका छन् । हजारौँ पीडितहरू इजरायली आक्रमणका कारण आपतकालीन र नागरिक सुरक्षा टोलीहरूका लागि दुर्गम भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया