युक्रेनमा भएको रूसी आक्रमणमा १३ हजार सुँगुरको मृत्यु

युक्रेनको उत्तरपूर्वमा रहेको एउटा खेतमा भएको रूसी ड्रोन आक्रमणले आगलागी निम्त्याउदा करिब १३ हजार सुँगुरको मृत्यु भएको आपतकालीन सेवाले शुक्रबार जनाएको छ । साढे तीन वर्षको युद्धमा मानिससँगै जनावरहरूले पनि पीडा भोगेको जनाइएको छ भने अघिल्लो रूसी आक्रमणहरूले अस्तबल र चिडियाखानामा प्रहार गरेको थियो ।
युक्रेनको राज्य आपतकालीन सेवाले खार्किव क्षेत्रमा नोभोभोडोलाज्का समुदायको कृषि उद्यममा रूसी युएभी को आक्रमणको परिणामस्वरूप सुँगुरहरूको मृत्यु भएको र फार्मका एक जना कामदार घाइते भएको बताएको छ । सेवाले सार्वजनिक गरेको तस्बिरहरूमा सुँगुरको शवहरू देखाइएको छ जुन आंशिक रूपमा जलेको थियो, केही टुटेकोअवस्थामा रहेको जनाइएको छ ।
करिव तेह्र हजार वर्ग मिटर मा फैलिएको आठवटा स्टलमा सुँगुरहरू राखिएकोमा ती सबै आगोमा जलेको आपतकालीन सेवाले जनाएको छ । गत सेप्टेम्बरमा रूसले एउटा घोडसवार क्लबमा प्रहार गर्दा सातवटा घोडाहरू मारिएको जनाइएको छ ।














मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया