ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।
प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकी यही वैशाख २७ गते पदमुक्त बनेका ओलीलाई राष्ट्रपतिले आज राति पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
ओलीले संसदको विश्वास गुमाएपछि राष्ट्रपतिले आज राति ९ बजेसम्मको समयसीमा दिएर संविधानको धारा ७६ (२) अनुसार बहुमतको प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेकी थिइन् ।
निर्धारित समयसम्म कुनै पनि गठबन्धनले बहुमतसहित प्रधानमन्त्रीको दाबी गर्न सकेको थिएन ।
नेपालको संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिसिभामा सबैभन्दा बढी सदस्य भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि शपथ ग्रहण गर्नेछन् । उनले भोलि नै मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया