भारतीय स्वास्थ्य मन्त्रालयद्वारा बच्चाहरूमा खोकीको सिरपको होसीयारी पुर्वक प्रयोगको आग्रह

मध्यप्रदेश र राजस्थान राज्यहरूमा खोकीको सिरपको सेवन पछि बच्चाहरूको मृत्यु भएपछि, भारतको स्वास्थ्य मन्त्रालयले बच्चाहरूमा खोकीको सिरपको प्रयोग होसीयारी पुर्वक गर्ने सल्लाह दिदै सम्बन्धित सबैलाई सचेत हुन आग्रह गरेको छ ।
भारतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले शुक्रबार सबै राज्यहरूलाई जारी गरेको सल्लाहमा बच्चाहरूका लागि खोकीको सिरपको “विवेकपूर्ण प्रिस्क्राइब र वितरण गर्नु पर्नै जनाएको छ ।
डिजिएचएसका अनुसार, बच्चाहरूमा खोकी औषधीय बिना नै उच्च संरक्षणले मात्र पनि समाधान हुने जनाउदै खोकीको औषधिहरू दुई वर्ष मुनिका बच्चाहरूलाई वितरण गर्न नहुने कुरामा जोड दिएको छ । डिजिएचएसले खोकी र चिसोबाट पीडित बच्चाहरूका लागि “पर्याप्त हाइड्रेसन र आराम“ लगायत गैर–औषधीय उपायहरू अवलम्बन गर्नु फाइदाजनक हुने प्रष्ट पारेको छ ।
स्थानीय मिडिया रिपोर्टका अनुसार मध्य प्रदेशमा नौ र राजस्थानमा तीनजना गरी १२ जना बालबालिकाको खोकीको सिरप सेवन गरेपछि उत्पन्न जटिलताका कारण मृत्यु भएको छ । दुवै राज्यमा, स्वास्थ्य अधिकारीहरूले खोकीको सिरपमा प्रतिबन्ध जारी गरी मृत्युको अनुसन्धानको आदेश दिएको जनाइएको छ ।
















लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन माग
क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
Textbooks arrive in Karnali before start of new academic session
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया