गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा युद्धको अन्त्य गर्न र कैदीहरूको रिहाइ गर्न संयुक्त राज्य अमेरिका र प्यालेस्टिनी इस्लामिक समुह (हमास) बीच चलिरहेको वार्तामा द्रुत प्रगति भइरहेको बताएका छन्।
सामाजिक सञ्जालमा पोस्ट गदै ट्रम्पले वार्ता सफल भई रहेको र अपेक्षाकृत रुपमा अगाडि बढेको बताएका छन् । सम्झौतालाई अन्तिम रूप दिन प्राविधिक टोलीहरू सोमबमार इजिप्टमा पुनः भेट्ने अपेक्षा गरिएको छ । सम्झौताको पहिलो चरण यसै हप्ता सुरु हुने उल्लेख गर्दै उनले सबै पक्षलाई दुःखको अन्त्य गर्न र शान्ति प्राप्त गर्न द्रुत गतिमा अघि बढ्न आग्रह गरेका छन् ।
अमेरिकी राष्ट्रपतिले ट्रम्पले हमासको प्रतिक्रियालाई स्वागत गर्दै, अमेरिकाले इजरायल र हमास बीचको सम्झौताले इजरायलका लागि ठूलो सम्झौताको प्रतिनिधित्व गर्ने जनाउनु भएको छ । जसमा २०–बुँदे अमेरिकी प्रस्तावका प्रमुख प्रावधानहरूको स्वीकृति समावेश छ ।
यस योजनामा शत्रुता अन्त्य गर्ने, गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने र प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्धकहरूको रिहाइ समावेश छ । द्वन्द्व अन्त्य गर्ने र यस क्षेत्रमा स्थिरता पुनः स्थापना गर्ने आफ्नो योजना रहेको ट्रम्पले बताउनु भएको छ । यद्यपि, उनले हामासले शक्ति त्याग्न र गाजा पट्टीको नियन्त्रण हस्तान्तरण गर्न अस्वीकार गरे उसले पूर्ण रूपमा उन्मूलनको सामना गर्नु पर्ने चेतावनी दिनु भएको छ ।
कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको नेतृत्वमा गाजामा चलिरहेको युद्धको अन्त्य गर्ने, पुनः र्निर्माणको लागि मार्ग प्रशस्त गर्ने र पट्टीमा स्थायी मानवीय र राजनीतिक स्थिरता स्थापना गर्ने विस्तृत सम्झौतामा पुग्न क्षेत्रीय र अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास पछि वार्ता प्रत्रिया अघि बढेको जनाइएको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया