मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिने

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने भएका छन् । उनले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि असोज २८ गते विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री सिंहले प्रदेशसभा सचिवालयलाई सोही दिन विश्वासको मत लिने व्यवस्था मिलाइदिन पत्र पठाएका छन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ । सिंह नेतृत्वको सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
मधेस प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एक निलम्वितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्वितसहित ९, नेकपा (एकीकृत समाजवादी) पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १/१ जना प्रदेशसभा सदस्य छन् ।















आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया