कुमारी बैंक र जीआईजेड नेपालबीच विद्युतीय सार्वजनिक यातायात प्रबर्द्धनका लागि सम्झौता

काठमाडौं । नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउन कुमारी बैंक लिमिटेड र जीसेलचाफ्ट फर इन्टरनेसनल जुसाममेनारबिट (जीआईजेड)बीच नेपालका लागि दीगो विद्युतीय यातायात परियोजनाअन्तर्गत सहमति (एमओयू)मा हस्ताक्षर भएको छ ।
यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकलाई सरल वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात (विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरू)को स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्याउने विश्वास गरिएको छ ।
यो परियोजना जीआईजेड र ग्लोबल ग्रीन ग्रोथ इस्टिच्युट (जीजीजीआई)द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ । परियोजना मिटिगेसन एक्सन फ्यासलिटी (एमएएफ)को आर्थिक सहयोगमा सञ्चालन भइरहेको बताइएको छ ।
यस कार्यक्रमले करिब तीन हजार ५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पुर्याउने बताइएको छ ।
यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारी साधनहरूमा रूपान्तरण गर्ने उद्देश्य राखेको बताइएको छ ।
यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउने बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

















‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व हाे – कांग्रेस सभापति थापा
होली खेलिसकेपछि अनुहार र कपालको कसरी गर्ने स्याहार ?
थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया