माधव नेपालले बोलाए आफु निकट नेताहरुको बैठक
ओलीसँगको सहमतिबारे नेताहरुलाई विफ्रिङ गर्ने तयारी

काठमाडौं । एमालेभित्रको विवाद कार्यदल हुँदै समाधानउन्मुख हुदै जान थालेपछि माधव नेपाल समुहले आफु निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । स्थायी समिति सदस्यहरुसँगको छलफल पछि केन्द्रीय सदस्यहरुको बैठक बोलाईएको नेपाल निकटका एक नेताले बताए ।
बैठक जुममा गर्ने गरी बोलाईएको हो ।
बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । बैठकमा प्रधानमन्त्री केपी ओलीसँग ब्यवसायी रामेश्वर थापाको बुढानिलकन्ठस्थित निवासमा भएको चार घण्टा लामो छलफल र छलफलबाट निस्केको निश्कर्ष र अव आफु पक्षले लिने रणनीतिका विषयमा नेता नेपालले वफ्रिङ गर्ने तयारी छ ।
नेपाल पक्षले माओवादी केन्द्रसँगको एक्ता पूर्वको २०७५ जेठ २ मा पार्टी लाई फर्काउनु पर्ने र फागनु २८, २०७७ र त्यसयता भएका निर्णय फिर्ता लिनुपर्ने शर्त राख्दै आएको थियो । तर पार्टीलाइृ २०७५ जेठ २ आसपास नै फर्काउने विषयमा प्रधानमन्त्री ओली तयार भएपनि के कसरी विवाद मिलाउने भन्नेमा दुवै पक्षका नेताहरु रहने गरी १० सदस्यीय कार्यादल बनाएर अगाडी बढ्ने समझदारीब नेको थियो ।
यो समझदारी पछि नेता नेपाल पक्षको राजीनामा रोकिएको थियो ।
कार्यदलमा रहने नेताहरुका विषयमा पनि मोटामोटी छलफल भएपनि दुवै पक्षले नाम सार्वजनिक गरेका छैनन । तर यसमा केही हेरफेर आफनो तर्फवाट गर्न परेमा पनि जुम बैठकवाट नेताहरुको राय सुझाव मागिने गरी बैठक बोलाइएको नेपाल निकट नेताहरु बताउँछन् ।
अहिले पनि नेता नेपाल स्थायी समितिका सदस्यहरुसँग जुममार्फत नै छलफलमा छन् ।
















Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया