माधव नेपालले बोलाए आफु निकट नेताहरुको बैठक
ओलीसँगको सहमतिबारे नेताहरुलाई विफ्रिङ गर्ने तयारी

काठमाडौं । एमालेभित्रको विवाद कार्यदल हुँदै समाधानउन्मुख हुदै जान थालेपछि माधव नेपाल समुहले आफु निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । स्थायी समिति सदस्यहरुसँगको छलफल पछि केन्द्रीय सदस्यहरुको बैठक बोलाईएको नेपाल निकटका एक नेताले बताए ।
बैठक जुममा गर्ने गरी बोलाईएको हो ।
बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । बैठकमा प्रधानमन्त्री केपी ओलीसँग ब्यवसायी रामेश्वर थापाको बुढानिलकन्ठस्थित निवासमा भएको चार घण्टा लामो छलफल र छलफलबाट निस्केको निश्कर्ष र अव आफु पक्षले लिने रणनीतिका विषयमा नेता नेपालले वफ्रिङ गर्ने तयारी छ ।
नेपाल पक्षले माओवादी केन्द्रसँगको एक्ता पूर्वको २०७५ जेठ २ मा पार्टी लाई फर्काउनु पर्ने र फागनु २८, २०७७ र त्यसयता भएका निर्णय फिर्ता लिनुपर्ने शर्त राख्दै आएको थियो । तर पार्टीलाइृ २०७५ जेठ २ आसपास नै फर्काउने विषयमा प्रधानमन्त्री ओली तयार भएपनि के कसरी विवाद मिलाउने भन्नेमा दुवै पक्षका नेताहरु रहने गरी १० सदस्यीय कार्यादल बनाएर अगाडी बढ्ने समझदारीब नेको थियो ।
यो समझदारी पछि नेता नेपाल पक्षको राजीनामा रोकिएको थियो ।
कार्यदलमा रहने नेताहरुका विषयमा पनि मोटामोटी छलफल भएपनि दुवै पक्षले नाम सार्वजनिक गरेका छैनन । तर यसमा केही हेरफेर आफनो तर्फवाट गर्न परेमा पनि जुम बैठकवाट नेताहरुको राय सुझाव मागिने गरी बैठक बोलाइएको नेपाल निकट नेताहरु बताउँछन् ।
अहिले पनि नेता नेपाल स्थायी समितिका सदस्यहरुसँग जुममार्फत नै छलफलमा छन् ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया