रुसी आक्रमणका कारण युक्रेनको ओडेसा क्षेत्रको विद्युत सेवा बन्द

युक्रेनको दक्षिणी ओडेसा क्षेत्रका केही भागहरूमा शनिबार बिहानै भएको रुसी आक्रमणले युक्रेनको ऊर्जा प्रणालीमा व्यापक क्षति भएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले पछिल्लो बिजुली कटौतीले कति मानिसहरूलाई असर गरेको छ भनेर बताएनन् तर युक्रेनी ऊर्जा फर्म डिटिइकेले यस क्षेत्रको राजधानीका केही भागहरूमा विद्युत सेवा अवद्ध भएको रिपोर्ट गरेको छ। डिटिइकेका अनुसार आक्रमणका कारण यस क्षेत्रका दुई लाख ४० हजार भन्दा बढी घरहरूमा विद्युत सेवा अवरूद्ध बनेको छ।
“हिजो रात, दुश्मनले ओडेसा क्षेत्रमा ऊर्जा र नागरिक पूर्वाधारमा आक्रमण गरेका कारण विद्युत सेवा अवरूद्ध भएको छ।,” क्षेत्रीय गभर्नर ओलेग किपरले टेलिग्राममा भन्नुभयो।
“विद्युत क्षेत्रका इन्जिनियरहरूले बिजुली आपूर्ति पूर्ण रूपमा पुनस्र्थापना गर्न हरसम्भव प्रयास गरिरहेका छन्,” उहाँले थप्नुभयो ।
मस्कोले २०२२ मा आक्रमण गरेदेखि प्रत्येक हिउँदमा युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गर्दै आएको छ । विद्युत ग्रिडहरूमा हसने आक्रमणले लाखौं घरहरूको बिजुली र ताप कटौती गर्दछ र किएभमा पानी आपूर्तिमा बाधा पुर्याउँछ ।
किएभले आक्रमणहरू मुख्य रूपमा नागरिकहरूविरुद्ध लक्षित भएको दावी गरेपनि रूसले युक्रेनले लगाएको आरोपको खण्डन गर्दै युक्रेनी सेनाले ऊर्जास्थलहरू प्रयोग गर्ने गरेको बताएको छ।















हाजिर जमानीमा अध्यक्ष ओली र नेता लेखक रिहा
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया