नेपाली सडकमा १००० बढी नामी ईभी

काठमाडौँ । नेपालमा प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामीको १००० भन्दा बढी गाडी सडकमा पुगेको अवसरमा एमएडब्लू वृद्धिले उत्सव मनाएको छ। यसले नामीलाई नेपालको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको प्रिमियम ईभी ह्याचब्याकको रूपमा स्थापित गरेको छ।
केक काट्ने समारोह एलिस रिसेप्सनमा आयोजना गरिएको थियो, जसमा मिडिया, ग्राहक र एमएडब्लू वृद्धिका नेतृत्व तहका अधिकारीहरूको उपस्थिती रहेको थियो। कार्यक्रममा अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया र एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तसहित डिलर साझेदारहरू सहभागी भएका थिए।
नामी पहिलो पटक सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा प्रवेश गरेको थियो। यो गाडीले नाडा अटो शो २०२४ मा ‘शो स्टपर’को रूपमा आफ्नो उपस्थिति जनाउँदै ग्राहकहरूको मन जितेको थियो। नामीमा वेलकमिंग सीट, अटो पार्किंग, फ्रेमलेस डुअर, फ्लश ह्यान्डल जस्ता सेगमेन्ट-फर्स्ट फिचरहरू रहेका छन्। साथै लेभल २ ADAS, वायरलेस चार्जिंग, भेन्टिलेटेड सीट जस्ता अत्याधुनिक प्रविधिहरूले ग्राहकहरूको अनुभव अझ प्रिमियम बनाएको छ।
नामीले वास्तविक यात्रामा ३२० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्न सक्ने भएकाले ग्राहकहरूले यसलाई निकै मन पराएका छन्। डिजाइन, प्रिमियम फिचर र रङ विकल्पहरूले पनि यो गाडीलाई आकर्षक बनाएको छ।
एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले कार्यक्रममा भने, “ग्राहकहरूले नामीलाई मन पराउँछन् किनभने यसले प्रविधि, डिजाइन र उपयोगिताको उत्कृष्ट संयोजन गरेको छ। यसले आफ्नो सेगमेन्टमा उत्कृष्ट फिचर, राम्रो रेन्ज र अपेक्षा भन्दा बढी अनुभव प्रदान गर्छ।”
बोल्ड डिजाइन, अत्याधुनिक प्रविधि र उच्च गुणस्तरका कारण नामीले नेपालमा ईभी ह्याचब्याक अनुभवलाई नयाँ परिभाषा दिँदै, देशमा इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई अघि बढाइरहेको छ।









शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया