एसियाली ‘युथ गेम्स’मा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । तेस्रो एसियाली ‘युथ गेम्स’मा नेपालबाट विभिन्न पाँच खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बहराइनमा हुने उक्त प्रतियोगिता यही कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ । नेपालबाट ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टोलीको ‘अफिसियल’ प्रतिनिधिमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवं राखेपका सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राष्ट्रिय टोली तयारी समितिका निर्देशक दीपक विष्टलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा उनीहरूलाई सफलताको शुभकामना दिँदै बिदाई गरे ।
मुवाँथाई टोली भोलि बहराइन जाने छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया