ब्राजिलमा मदिरा सेवनबाट ९ जनाकाे मृत्यु

ब्राजिलमा मिथेनोल मिसिएको मदिरा सेवनका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ९ पुगेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार, अझै ७ मृत्युमाथि अनुसन्धान भइरहेको छ।
जीन, भोड्का र ह्विस्कीजस्ता डिस्टिल्ड (आसवित) मदिरामा मिथेनोल जस्तो मानव स्वास्थ्यका लागि घातक पदार्थ मिसाइएको पुष्टि गत सेप्टेम्बर महिनामा भएको हो। यी मदिरा साओ पाउलोसहित ब्राजिलका विभिन्न क्षेत्रका बार र वितरकहरूमार्फत बिक्री गरिएको थियो।
घटनापछि प्रहरीले अवैध गोदामहरूमा छापा मारेर मदिराका बोतल र लेबलहरू बरामद गर्न विशेष अभियान चलाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म साओ पाउलो राज्यमा ६, पर्नामबुको राज्यमा २ र पेराना राज्यमा १ जनाको मृत्यु पुष्टि भएको छ।
साओ पाउलो सबैभन्दा बढी प्रभावित राज्य हो, जहाँ ३८ जनामा मिथेनोल विषाक्तता पुष्टि भइसकेको छ भने थप १९ घटना अनुसन्धानको चरणमा छन्।
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया