कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस

दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि पनि तनहुँको व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ ।
व्यास नगरपालिका–१ का ४९ वर्षीय पुरुषको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा शुक्रबार राति डायलासिस गरिएको हो । उनमा तीन दिन अगाडि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमणपछि मिर्गौला उपचार केन्द्रमा डायलासिस गर्ने उनी दोस्रो व्यक्ति हुन् । गत वर्ष कोरोना सङ्क्रमण भएपछि व्यास नगरपालिका–४ का एक व्यक्तिको पनि डायलासिस गरिएको थियो ।
शुक्रबार डायलासिस गरेका ती व्यक्तिले नियमित डायलासिस गर्दै आएको केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए ।
“उहाँको यसअघि सोमबार र बिहीबार डायलासिस हुँदै आएको थियो, अब शुक्रबार र मङ्गलबार डायलासिसको तयारी गरेका छौ,” उनले भने, “शनिबार डायलासिस केन्द्र बन्द हुने भएकाले शुक्रबार डायलासिस गराएपछि निसङ्क्रमण गर्न सजिलो हुन्छ ।”
कोरोना सङ्क्रमित ती व्यक्तिलाई एक्लै राखेर डायलासिस गर्ने व्यवस्था मिलाइएको छ । “सबै गइसकेपछि स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उहाँको डायलासिस गर्नुहुन्छ,” उनले भने । कोरोना सङ्क्रमित ती पुरुषको स्वास्थ्य अवस्था सामान्य छ ।
केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो ।
केन्द्रले हालसम्म करीब २५ हजार भन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा ९ वटा डायलासिस गराउने उपकरण रहेको छ ।















मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
खाडीमा इरानी आक्रमण, कच्चा तेलको मूल्य १०० डलर नाघ्यो
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको आग्रह
चितवन कारागारबाट भागेका ११ भारतीयसहित १ सय कैदी अझै फर्किएनन्
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
प्रतिक्रिया