युद्धविरामका बाबजुद इजरायलले गाजा र लेबनानमा आक्रमणका लागि अनुमति नलिने नेतान्याहुको दाबी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामका लागि सहमति जनाएपछि पनि इजरायलले गाजा वा लेबनानमा आक्रमण गर्न अनुमति नलिने बताएका छन्। “इजरायल एक स्वतन्त्र राष्ट्र हो । हामी आफ्नै सेनाका साथ आफ्नो रक्षा गर्नेछौँ र हामी हाम्रो भाग्यलाई नियन्त्रण गर्न जारी राख्नेछौँ,” नेतान्याहूले आफ्नो साप्ताहिक सरकारी बैठकको सुरुमा मन्त्रीहरूसँग भन्नुभयो । उहाँले भन्नुभयो, “यसका लागि हामी कसैको स्वीकृति खोज्दैनौं ।
हामी हाम्रो सुरक्षालाई मध्यनज। राखेर अघि बढ्र्छौँं।” गाजामा अन्तर्राष्ट्रिय शान्ति सेना तैनाथ गर्ने योजनालाई सङ्केत गर्दै नेतान्याहूले कुन देशले त्यहाँ सेना तैनाथ गर्न सकिन्छ भनेर इजरायलले निर्णय गर्ने बताए ।
उनले भने, “हामीले यो स्पष्ट पारिसकेका छौँ, इजरायलले कुन सेना उसलाई अस्वीकार्य छ भनेर निर्धारण गर्नेछ र तदनुसार कार्य जारी राख्नेछ।” गाजामा युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यका साथ ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूको कुटनीतिक भ्रमणको एक हप्तापछि उहाँको यो टिप्पणी आएको हो।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया