कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदी फिर्ता

कञ्चनपुर । जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् ।
कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन् । फरारमध्ये १७ महिला कैदीसमेत छन् । जोशीका अनुसार फिर्ता भएकामध्ये ६३ कैदीलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको हो ।
कारागारमा हाल १४ भारतीय नागरिकसमेत कैद सजाय भोगिरहेका छन्भने १७ भारतीय कैदी अझै फरार छन् । स्वेच्छिक रूपमा फिर्ता हुन तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाही हुने भएको छ ।
निमित्त प्रशासक जोशीका अनुसार फरार कैदी वा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति पनि कानुनी रूपमा कसुरदार ठहरिने र उनीहरूमाथि समेत आवश्यक कारबाही अघि बढाइने व्यवस्था छ ।
पटक–पटक कारागार प्रशासनले स्वेच्छिक रूपमा फर्किन सार्वजनिक अपिल गरे पनि अझै केही कैदी सम्पर्कमा नआएकाले प्रहरीले फरार कैदीबन्दीको खोजी र पक्राउ कार्यलाई तीव्र बनाइएको निमित्त प्रशासक जोशीको भनाइ रहेको छ ।













ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
61 days remaining for HoR elections: EC determines spending limit for candidates
काठमाडौँ महानगरले सुरु गर्याे एक सय ५० रुपैयाँमा वडाबाटै एक्स–रे सेवा
ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया