संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित कालीकोटका २ युवक पक्राउ
मेरोन्यूज
२०८२ कार्तिक ११ गते १५:४४

काठमाडौँ । भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कालीकोटको खाँडाचक्र नगरपालिका–६ का २५ वर्षीय रमेशबहादुर शाही र सोही ठाउँका २८ वर्षीय कृष्णबहादुर शाहीलाई दुई थान भालुको पित्त जस्तो वस्तुसहित गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद–बिक्री गर्न बोकी हिँडेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तीसार बुझाइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित









आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया