मंगलबार, चैत २४, २०८२

बङ्गलादेशमा डेङ्गु संक्रमण बढ्याे, ९८३ नयाँ सङ्क्रमित, ६ जनाको मृत्यु

मेरोन्यूज २०८२ कार्तिक ११ गते १७:४९

बङ्गलादेशमा सोमबारमात्र ९८३ नयाँ डेंगु सङ्क्रमण दर्ता हुनुका साथै छ जनाको मृत्यु भएको जनाइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस वर्ष मात्र हाल सम्म सङ्क्रमितको सङ्ख्या ६६ हजार ४२३ पुगेको तथा मृतकको सङ्ख्या २६९ पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशालय (डिजिएचएस) ले जनाएको छ ।

डिजिएचएसको तथ्याङ्क अनुसार सेप्टेम्बरमा १५ हजार ८६६ तथा अक्टोबरमा अहिलेसम्म १९ हजार ०८१ डेङ्गुका सङ्क्रमित दर्ता भएका छन् । जसका कारण अक्टोबरमा ७१ जना तथा सेप्टेम्बरमा ७६ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया