पाल्पामा ईभी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

तानसेन (पाल्पा) । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नं को विद्युतीय गाडी आज दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा चालक छहरा अमलावासका ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा– १ सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र छहरा–४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल पाल्पा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । गाडीमा तीन जना मात्र सवार रहेको प्रधानले बताए । सो गाडी सडकदेखि निकै तल खोल्सामा खसेको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया