सञ्चारमन्त्री खरेलद्वारा दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडित पक्षको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा बुधबार रजककी धर्मपत्नी सुजन रजकसहित परिवारका सदस्यहरूसँग छलफल गर्दै सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाए ।
सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको धर्मपप्नी सुजन रजकलाई रोजगारीका निम्ति समन्वय गर्ने तथा निजको उच्च शिक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा रजककी धर्मपप्ती सुजन रजकले सुरेशको न्यायका लागि पहल गरिदिन सञ्चारमन्त्री समक्ष आग्रह गरेका थिए ।
विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको आगजनीमा परेर पत्रकार सुरेशको मृत्यु भएको थियो । घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया