अक्सिजन अभावले ५ सय शय्याको भवन सञ्चालन गर्न समस्या

काठमाडौँ । वीर अस्पतालमा अक्सिजन अभाव भएसँगै नयाँ भवन सञ्चालन गर्न कठिन भएको छ । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको उपचार गर्न सञ्चालन गर्ने निर्णय गरे पनि अक्सिजन अभाव हुँदा सञ्चालन गर्न समस्या भएको हो ।
अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालन गर्ने तयारी भए पनि अक्सिजन अभाव हुँदा सञ्चालन हुन नसकेको बताए । नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग हुँदै आएको छ । तर, ७ हजार दुई सय सिलिण्डर मात्र उत्पादन हुने गरेको छ ।
“हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौँ, तर अक्सिजन नभएपछि रोकिएको छ, ” उनले भने, “अहिले संक्रमितलाई अक्सिजन चाहिन्छ, त्यसैले अक्सिजनविना नयाँ भवनमा राख्न सकिँदै ।”
सर्जिकल बिरामीका लागि बनाइएको उक्त भवन ५ सय शय्याको छ । त्यहाँ बिरामी राखेर उपचार गर्न कम्तीमा ६ सय सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ थियो ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया