कांग्रेस नेता रामहरि खतिवडालाई पितृ शोक
मेरोन्यूज
२०८२ कार्तिक १७ गते १२:१२

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उनका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।
दमसम्बन्धी समस्या खेप्दै आएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुतेका थिए ।
उनको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उनका छोरा नेता खतिवडाले जानकारी दिए ।
स्व.खतिवडाप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महान्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए । स्व. खतिवडाका श्रीमती, पाँच छोरा र एक छोरी छन् ।
सम्बन्धित
















‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिक्रिया