पैसा नदिएको झोंकमा छुरा प्रहार गरी हत्या, २ जना पक्राउ

मोरङ । छुरा प्रहार गरेर निर्माण व्यवसायीको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
टाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको हत्या गरेको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बुलेलाई पक्राउ शनिबार बिहान पक्राउ गरेको हो ।
हत्या गरी फरार रहेका उनिहरुलाई इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले शनिबार बिहान पक्राउ गरेको हो ।
यसकारण हत्या गरियो
हत्या गरीएका रोमन एक निमार्ण व्यवसायी हुन् भने पक्राउ परेका दुबै जना ट्याक्टर मजदुर हुन्। काम गरेको पैसा माग्दा दुबै पक्षबीच भएको विवाद का त्रिशूली चोकमा रोमनलाई छुरा हानेर सुशील र दिलबहादुरले हत्या गरेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हत्या गरिएका युवा लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे। ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवा निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम गर्थे ।
पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका उनको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया