शुक्रबार, चैत २०, २०८२

पैसा नदिएको झोंकमा छुरा प्रहार गरी हत्या, २ जना पक्राउ

मेरोन्यूज २०७८ जेठ १ गते १७:५७

मोरङ । छुरा प्रहार गरेर निर्माण व्यवसायीको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

टाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको हत्या गरेको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बुलेलाई पक्राउ शनिबार बिहान पक्राउ गरेको हो ।

हत्या गरी फरार रहेका उनिहरुलाई इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले शनिबार बिहान पक्राउ गरेको हो ।

यसकारण हत्या गरियो
हत्या गरीएका रोमन एक निमार्ण व्यवसायी हुन् भने पक्राउ परेका दुबै जना ट्याक्टर मजदुर हुन्। काम गरेको पैसा माग्दा दुबै पक्षबीच भएको विवाद का त्रिशूली चोकमा रोमनलाई छुरा हानेर सुशील र दिलबहादुरले हत्या गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्या गरिएका युवा लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे। ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवा निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम गर्थे ।

पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका उनको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया