महामारीमा मनोमानी भाडा असुल्ने एम्बुलेन्स चालक पक्राउ
मेरोन्यूज
२०७८ जेठ १ गते १८:२३

पर्सा । सङ्क्रमित व्यक्ति तथा सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरेको अभियोगमा २ जना एम्बुलेन्स चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले तोकिएको दर भन्दा बढी भाडा असुली गरिरहेको अवस्थामा आज २ जना एम्बुलेन्स चालकहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले पर्सा घर भएका ३५ वर्षका कमरुदिन रायभर र २२ वर्षका वीरबल मुखियालाई पक्राउ गरेको हो । ना.२.च.३२५६ र ना.३ च. ८१९९ नं. का २ वटा एम्बुलेन्ससहित रायभर र मुखियालाई नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनिहरु उपर कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया