संक्रिय कोरोना संक्रमितको झण्डै आधा संख्या काठमाडौँ उपत्यकामा

काठमाडौँ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको संक्रमण दर बढ्दै जाँदा काठमाडौँ उपत्यकामा मात्रै सक्रिया संक्रमितको संख्या ४२ हजार २२५ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र उपत्यकामा २ हजार ९ सय ३७ जनामा कोरोना पुष्टि भएसँगै संक्रिय संक्रमितको संख्या ४२ हजारभन्दा बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
आज सबैभन्दा धेरै कोरोना पुष्टि भएको जिल्ला काठमाडौँमा २ हजार १४६ संक्रमित भएका छन् । योसँगै काठमाडौँमा संक्रिय संक्रमितको संख्या ३० हजार १२४ पुगेको छ । यस्तै, लितपुरमा ४४४ नयाँ कोरोना संक्रमित थप हुँदै कूल संक्रिय संक्रमितको संख्या ५ हजार पुगेको छ भने भक्तपुर जिल्लामा ३४७ जना संक्रमित थपिँदै कूल संक्रिय संक्रमितको संख्या ७ हजार १०१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १६७ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै ५ हजार ४८८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
आज कोरोनाबाट निको हुने संख्यासहित देशभर कोरोना निको हुनेको कूल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ । यस्तै, ४ लाख ४७ हजार ७०४ जना संक्रमित भएका छन् ।
यस्तै, कोरोनाबाट काठमाडौँ उपत्यकामा मात्रै १६१५ जनाले ज्यान गुमाएका छन् । जसमा काठमाडौँमा एक हजार १०१ जना रहेका छन् । यसैगरि, भक्तपुरमा २१७ जना र ललितपुरमा २९७ जनाले ज्यान गुमाएका छन् ।
गत २४ घण्टामा एक सय ८७ जनाले कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

















मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
प्रतिक्रिया