आईसीसी विश्वकप लिग-२: आज युएईसँग खेल्दै नेपाल

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ।
खेल युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो।
अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ।अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ। अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको युएईले ८ अंक मात्र बनाएको छ।लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको युएईलाईसमेत नेपालसँगको खेल जित्नुपर्ने दबाब छ।
समान १९ खेल खेलेको नेपालको १२ अंक छ। तीन खेल खेलिसक्दासमेत नेपालले युएई शृङ्खलामा अंक जोड्न सकेको छैन।

















झापाका समाजसेवी न्यौपाने मृतावस्थामा फेला
पर्सामा एक महिनामा आमाको नामबाट ३३ नागरिकता जारी
‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
पाकिस्तानको कराचीमा वर्षा : कम्तीमा १७ जनाको मृत्यु, ३० घाइते
प्रधानमन्त्री कार्की रारामा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया