बिहीबार, जेठ १, २०८२

राष्ट्रिय सभा उपनिर्वाचन

नेपाल समुहको कित्ता क्लियर : एमाले भएर एमालेकै उम्मेदवारलाई मतदान

माधव नेपाल समुहका नेता जीवनराम श्रेष्ठ भन्छन् : एमाले भएर हामीले खिमलाल देवकोटालाई सहयोग गर्न सक्दैनौं

मेरोन्यूज २०७८ जेठ २ गते ७:४३

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समुहले अन्ततः पार्टी विवाद समाधानको दिशामा गएपछि राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेकै उम्मेदवारलाई मतदान गर्ने भएका छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा बाग्मति र लुम्बिनी प्रदेशमा रिक्त रहेका दुई सिटमा निर्वाचन हुँदैछ । बाग्मतिमा जेष्ठ ६ गते र लुम्बिनीमा जेठ १७ गते उपचुनाव हुँदैछ ।

बाग्मति प्रदेशमा एमाले नेता माधव नेपालकै प्रस्तावमा कांग्रेस र माओवादी केन्द्रले डा खिमलाल देवकोटालाई साझा उम्मेदवारका रुपमा अगाडी सारेका थिए । एमालेले भने गृहमन्त्री रामवहादुर थापा (बादल) लाई उम्मेदवार बनाएको थियो ।

एमालेको नेपाल समुह ओलीसाग चिढिरहेका बेला नेपाल समुहकै नेताका रुपमा माओवादी र कांग्रेसले समेत थापाविरुद्ध देवकोटालाई अगाडी सारेका थिए । तर एमालेभित्रको विवाद २०७५ जेठ २ कै आसपासमा रहेर कार्यदल मार्फत टुग्गाउने समझदारीमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाल पुगेपछि गठवन्धनका उम्मेदवारलाई धक्का लागेको छ ।

अव एमालेको नेपाल पक्षले पनि एमाले भएर एमालेकै उम्मेदवार थापालाइ मतदान गर्ने स्पष्ट गरिसकेको छ ।

यो हुँदा थापा बलियो उम्मेदवार बनेका छन् ।

नेपाल समुहका नेता जीवनराम श्रेष्ठले भने, -‘खिमलालजीको उम्मेदवारी एमालेसँग सम्बन्धित विषय होइन । उहाँ विपक्षी दलहरूको साझा उम्मेदवार हुनुहुन्छ । प्रस्तावक र समर्थक नै कांग्रेस र माओवादी भएर उम्मेदवारी दर्ता गराउनुभएको छ । हाम्रो सद्भाव रहनु एउटा कुरा हो, हामी एमाले भएर उहाँलाई समर्थन गरेका थिएनौँ, गर्न सक्दैनौँ । हाम्रो बाग्मति प्रदेशमा उम्मेदवार रामवहादुर थापा (बादल) जी हुनुहुन्छ । हामीले मतदान एमालेकै उम्मेदवारलाई गर्ने प्रष्टै छ ।’

प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेर विपक्षी गठवन्धनसँग नजिक रहेका बेला नेपाल समुहले आफनो प्रस्तावमा कांग्रेस माओवादी भागवन्डामा माओवादीका तर्फबाट स्वतन्त्र उम्मेदवारका रुपमा डा खिमलला देवकोटालाई उम्मेदवारका रुपमा अगाडी सारेका थिए ।

नेपाल समुहले विपक्षी गठवन्धनलाई सहयोग गरेको अवस्थामा एमालेका उम्मेदवार थापालाई असजिलो पर्ने अवस्था थियो । तर अव एमालेको नेपाल समुहले पनि पार्टीका उम्मेदवार गृहमन्त्री थापालाई नै मतदान गर्ने स्पष्ट लाइन दिएपनि अन्य सवै गठवन्न मिल्दा पनि एमाले उम्मेदवार थापा सवैभन्दा बलियो उम्मेदवार बनेका छन् ।

बाग्मति प्रदेशमा एमाले एक्लैको प्रदेश सभा सदस्य र स्थानिय तहका प्रम्ुख उपप्रमुखको मात्र मतभार पाँच हजार ८२ हुन्छ । यो संख्या एमालेका प्रदेश सांसद पशुपति चौलागाईको निधन भएपछि उनको मतभार घटाएर आउने संख्या हो । एमाले एक्लैसँग प्रदेश सभामा ५६ (पशुपति चौलागाईंको निधन भएसँगै उनलाई जोडिएको छैन) र स्थानीय तहमा एक सय ३३ जना मतदाता छन् ।

प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ ।

त्यस्तै कांग्रेससँग प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी ९० जना मतदाता छन् । जसको कुल मतभार २२ सय ८० हुन्छ । त्यस्तै, माओवादीको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाता छन् । जसको कुल मतभार १६ सय ९८ हुन्छ । कांग्रेस र माओवादीको जोड्दा ३९ सय ७८ मतभार हुन आउँछ । एमाले एकढिक्का हुँदा गृहमन्त्री थापाको जित सुनिश्चित हुन्छ ।

थापालाई राप्रपाले पनि सघाउने समझदारी गरिसकेको छ । राप्रपाका तीन अध्यक्षमध्येका एक डा प्रकाशचन्द्र लोहनीले एमालेले आफुहरुसँग मत मागिनसकेको तर मागेको ख०डमा सहयोग गरेर जान सकिने विषयमा अध्यक्षहरुका वीचमा छलफल चलेको बताए । ‘उहाहरुले –एमाले) हामीसँग मत मागिसक्नुभएको त छैन, तर मागेको खण्डमा के गर्ने भन्नेमा छलफल चलेको छ । सहयोग गरेर जान सकिन्छ भन्ने छ, हेरौं, छलफलकै क्रममा छौं,’ डा लोहनीले मेरोन्यूजसँग भने ।

नेपाल समुहले समेत पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने बताएपछि विपक्षी गठवन्धनका उम्मेदवार डा देवकोटा अप्ठायारोमा परेका छन् ।

प्रतिक्रिया