टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्तानबुल अभियोजकको कार्यालयले शुक्रबार जनाएको छ ।
कार्यालयले १७ जना रेफ्री र पहिलो डिभिजन क्लबका अध्यक्षसहित २१ जनालाई पक्राउ गर्न पक्राउ पुर्जि जारी गरिएकोमा १८ जनालाई पक्राउ गरिसकेको जनाएको हो ।
कार्यलयका अनुसार सोधपुछ र अनुसन्धान म्याच फिक्सिङ र शक्तिको दुरुपयोगको शङ्कामा केन्द्रित रहेको छ ।
यस अघि टर्की फुटबल महासङ्घको अनुशासन परिषद्ले आचार संहिता उल्लङ्घन गरी म्याचमा सट्टेबाजी गरेको आरोपमा गत हप्ता १४९ जना रेफ्रीलाई निलम्बन गरिसकेको जनाइएको छ ।
गत महिना महासङ्घले व्यावसायिक फुटबल लिगका ५७१ टर्की रेफ्रीहरूमाथि गरेको अनुसन्धानले टर्कीको पहिलो डिभिजनका २२ जना रेफ्रीसहित १५२ जनामा म्याच फिक्सिङको शर्तहरु आकर्षित भएको खुलासा गरेको थियो ।
रेफ्रीहरूले संयुक्त बयानमा “अपमानजनक आरोपहरू“ को निन्दा गर्दै उनीहरू मध्ये कसैले पनि उनीहरूले अम्पायर गरेको म्याचमा नियम विपरित नगरेको जनाएका छन् ।
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया