‘त्यसबेला शुकरात त भागेनन्, आज केपी ओली भाग्छ ?’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई फेद न टुप्पोको सरकार बताएका छन् ।
शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले यस्ताे टिप्पणी गरेका हुन् ।
‘यो फेद न टुप्पोको सरकार । जरा पनि छैन, हाँगा पनि छैन । पहेँलो लहरोजस्तो’, ओलीले भने, ‘आकाशवेली सरकारले हामीजस्तो मान्छेलाई पासपोर्ट रोक्का गर्छ ।’
ओलीले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गरे ।‘त्यसबेला शुकरात त भागेन आजको केपी ओली भाग्छ ? तमासा पनि हदको हुन्छ नि’,।
ओलीले आफ्नो पासपोर्ट रोक्का गरेको तथा स्थानहद तोकेको भन्दै आपत्ति प्रकट गरे । नेताहरूलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खोज्दै छ सरकार भनेर ओलीले प्रश्न गरे । ‘देशको मजबूद पार्टीलाई काठमाडौं छाड्न नदिने रे, अनि चुनाव के आआफैं मात्रै लड्छौँ ? पार्टीहरू लड्छन् चुनाव। यो सबै असंवैधानिक सरकारका असंवैधानिक क्रियाकलाप हुन्’उनले भने ।









संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउँछ : अध्यक्ष ओली
मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
जसपा नेपालले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य थप गर्ने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
केन्द्रीय समिति बैठकमा गगन थापाले भने– ‘मैले गल्ती गरेकै हो’
प्रतिक्रिया