टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु
मेरोन्यूज
२०८२ कार्तिक २२ गते १८:००

उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार आगलागी हुँदा छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको क्षेत्रीय गभर्नरले बताउनु भएको छ । आगो अग्निशामक, उद्धार टोली र नगरपालिका कर्मचारीहरूको संयुक्त प्रयासमा नियन्त्रणमा लिएको इल्हामी अक्तासलाई उदृत गर्दै टिआरटी हाबेर मिडियाले जनाएको छ । यस अघि मिडिया रिपोर्टहरुले दुई जना घाइते भएको मात्र जनाएका थिए ।
टर्कीको एनटिभी च्यानलले प्रसारण गरेको तस्बिरमा उक्त अत्तर डिपोका रूपमा प्रयोग गरिएको भवनका दुई वटा तला आगलागीमा नष्ट भएको देखाइएको छ , आगलागीको कारण भने अझै पत्ता नलागेको जनाइएको छ । इस्तानबुलबाट करिब ७० किलोमिटरको दुरीमा अवस्थित, दिलोवासी एक औद्योगिक सहर हो जहाँ धेरै डिपो तथा कारखानाहरू सञ्चालनमा छन् ।
सम्बन्धित








राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया