शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन् ।
राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरुले लोकतन्त्रका लागि लडेर ल्याएका हक अधिकारलाई उपभोग गर्न पाउनुपर्ने माग गरे । प्रशासन र प्रहरीलाई पूर्वजानकारी दिएर शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइनुपर्ने उनको भनाइ थियो ।
“हामी कुनै घुसपैठिया शक्ति होइनौँ । राजनीतिक परिवर्तनको लामो इतिहास बोकेर आएका शक्ति हौँ । त्यसकारण हामीविरुद्ध सरकारले संविधानविपरीत विरोध प्रदर्शनमा रोक लगाउने काम गर्नु हुँदैन,” अध्यक्ष ओलीले भने । उनले उद्योगीहरुलाई ढुक्क भएर काम गर्न आग्रह गरे। आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि कारबाही गर्नुपर्नेमा उनले जोड दिए।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया