शनिबार, कार्तिक २९, २०८२

मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड

मेरोन्यूज २०८२ कार्तिक २४ गते १२:१६

काठमाडौं । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड गरिएको छ ।

मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धनका नेता कार्यकर्ताले मुख्यमन्त्रीको कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् । एक सांसदले नेपालको राष्ट्रिय झण्डा निकालेर फालेका छन् भने अर्काले मुख्यमन्त्रीको कुर्सी पनि तोडफोड गरेका छन् ।

मधेशको प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ।

सोमबारै बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा (एमाले) मधेस संसदीय दलका नेता यादवलाई ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया