अपाङ्गता भएका महिलाको न्यायमा पहुँच सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । अपाङ्गता भएका महिलाको न्यायमा पहुँच सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
राष्ट्रिय महिला आयोग र एक्सेस प्लानेटद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली र एक्सेस प्लानेटका अध्यक्ष गार्गी नेपाललगायतले अपाङ्गता भएका महिलाको न्यायमा पहुँच सम्बन्धी अध्ययन प्रतिवेदन “किनाराका आवाज” लोकार्पण गरेका हुन्।
आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिलाभित्र पनि अपाङ्गता भएका महिला बढि हिंसामा पर्ने र न्यायमा पहुँच नभएका कारण अन्यायमा परिरहेको बताइन् ।
उनले देख्न, सुन्न नसक्ने वा बहुअपाङ्गता भएका महिला समाज तथा घरपरिवारभित्रै पनि असुरक्षित छन्, उनीहरुमाथि यौनलगायत अन्य हिंसा गर्ने अपराधीलाई कारवाहीको दायरामा ल्याउन सबै मिलेर सचेतना फैलाउने र सहयोगी, जिम्मेवारपूर्वक काम गर्नुपर्नेमा जोड दिइन् ।
आयोगका सचिव रेखा कँडेलले अपाङ्गता भएका महिलामाथिको न्यायमा पहुँचका लागि सरोकारवालासँगको समन्वय आवश्यक रहेको बताइन्।
प्रा.नीति अर्याल खनालले किनाराका आवाजहरुः (नेपालमा अपाङ्गता भएका महिलाको न्यायमा पहुँचको स्थिति अनुसन्धान प्रतिवेदन)को अध्ययन गरेका हुन् ।
उनले महिलाभित्र पनि अधिकार, शिक्षा, अवसरलगायतका दृष्टिले पछि पारिएका अपाङ्गता भएका महिला घरभित्रका सदस्य तथा समाजका चिनेजानेका व्यक्तिहरुबाटै यौन हिंसामा परेर गर्भवती समेत हुने समस्या धेरै रहेको बताए ।
खनालले घरमा अपाङ्गता भएका परिवारका सदस्य हुनु भनेको गरिबी पनि थपिनु हो, भन्दै आर्थिक अभावसँगै जोडिएका विविध कारणले अपाङ्गता भएका महिला यौन हिंसामा पर्दा न्यायको पहुँचसम्म पुग्न भौतिक, सञ्चार र खर्च नहुँदा निक्कै कठिनाइ हुने बताए ।
उनले गण्डकी, कर्णाली, कोशी र मधेश प्रदेशमा गरिएको अध्ययनले परिवार, समुदाय, सार्वजनिक स्थल र कार्यलयहरुमा ७९ प्रतिसत अपाङ्गता भएका महिलाले विविध प्रकारका हिंसा भोगेको बताए।
चार प्रदेशका १७४ जनाले सहभागिता जनाएको यस अध्ययनमा ७४ जनाले आफुमाथि अन्याय हुँदा न्याय पाउने प्रक्रिया थाह नभएको, ६८ जनाले न्यायको लागि जाँदा सम्वन्धीत ठाउँबाट सहयोग नपाएको, ४० जनाले आर्थिक अभावका कारण न्याय माग्न जान नसकेको र ४७ जनाले न्याय पाईन्छ भन्ने विश्वास नै नभएको बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
एक्सेस प्लानेटका अध्यक्ष गार्गी नेपालले अपाङ्गता भएका महिलाको न्यायमा पहुँचका लागि सरोकारवालाको सकारात्मक सहयोगको अपेक्षा गरेको बताइन् ।
त्यसैगरी प्लानेटका कार्यकारी निर्देशक लक्ष्मी नेपालले शिक्षा, स्वास्थ्य, रोजगारीलगायत भौतिक र सञ्चारको समेत पहुँच नभएका अपाङ्गता महिलाको न्यायको पहुँचका लागि संस्थाले अध्ययन गरी तथ्याङ्कसहित वास्तविकता सार्वजनिक गरिएको बताइन् ।














चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रतिक्रिया