परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक
मेरोन्यूज
२०८२ कार्तिक २६ गते १४:४९

काठमाडौँ । संगीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र प्रतिक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक भएको छ । घरपरिवार सँगको र मायाप्रेमको संवेदनशील कथा समेटिएको यो गीतमा परदेशको पीडा र सम्झनाको गहिरो भाव उजागर गरिएको छ ।
सो गीतमा संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ । हेमन्त कञ्च्छा रसाइलीको सारंगी, रत्न विकको बाँसुरी, भुवन गन्धर्वको तबला, पोशन मगरको मादल र सरोज विष्टको गितारले गीतलाई जीवन्त बनाएको छ ।
“घरको दैलो, त्यो एउटा सामान्य ढोका मात्रै होइन । यो ढोकाभित्र सम्झना छ, मायाको बन्धन छ, आमा–बुबाको मुखाकृति छ र एउटै मुटुमा गाँसिएको परिवारको स्पन्दन छ । यही भावनालाई गीतले बोकेको छ”, गीतकार राउतले भने ।
गीतमा विदेशको कष्ट, प्रतीक्षाको पीडा, जीवनको संघर्ष समेटिएको उनको भनाइ छ ।
सम्बन्धित













हात्तीगौडा पुगेर लिङ्देनले भेटे रवि लामिछानेलाई
Shankharapur road accident: Death toll reaches five
तोलामा २ हजारले घट्यो सुन, आज कतिमा हुँदैछ काराेबार ?
कर्णाली प्रदेशः मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
प्रतिक्रिया