आइतबार, कार्तिक ३०, २०८२

नेपाली समाज टेक्ससको अध्यक्षमा किरण पौड्यालको उम्मेदवारी

मेरोन्यूज २०८२ कार्तिक २६ गते १५:११

काठमाडाैं । नेपाली समाज टेक्सस (एनएसटी) को आगामी निर्वाचनको लागि किरण पौड्यालले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

नयाँ नेतृत्वका लागि एनएसटीको निर्वाचन आगामी डिसेम्बर १३ मा हुँदैछ। निर्वाचनमा संस्थाका सदस्यहरुले मात्र मतदान गर्न पाउने छन्। त्यसका लागि नोभेम्बर १५ भित्र सदस्यता लिनुपर्ने छ।

निर्वाचनमा पौड्यालको उम्मेदवारीसँगै नेपाली समाजमा चर्चा चल्न थालेको छ । अमेरिकाकै चर्चित संस्था प्रवासी नेपाली मञ्च टेक्ससको र टेक्ससमा रहेका अन्य थुप्रै संस्थाहरु, मन्दिर, गुम्बा, चर्च तथा युवाहरुको उनलाई समर्थन रहेको छ ।

उनको उम्मेदारी किन ?

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अभियन्ता एनएसटीका पूर्वउपाध्यक्ष तथा वर्तमान प्रवक्ता पौड्यालले स्वयंसेवकका रुपमा काम गरिसकेका छन्। आफूले एनएसटिको गरिमा र लक्ष्यमा बिचलित नभई काम गरिरहेकाले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।

लामो समयदेखि समाजसेवा, सांस्कृतिक प्रवर्द्धन र संस्थागत सुदृढीकरणमा सक्रिय पौड्याललाई समुदायले जिम्मेवार नेतृत्वको प्रतीकका रुपमा हेरिरहेको छ।

उनले पौड्याल सन् २०१३ देखि नेपाली समाज टेक्ससमा निरन्तर सक्रिय रहँदै आएका छन्। संस्थाको हरेक पहलमा सहभागिता जनाउँदै उहाँले समुदायका सुखदुःखमा साथ दिँदै निरन्तर सेवा गर्दै आएका छन् ।

नेपाली समाज टेक्ससका तर्फबाट समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई समेट्दै प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँग भेटेर डलासमा नेपाली महाबाणिज्यदूतावास स्थापना गर्ने पहल गरे ।

नेपाली समाज टेक्ससको रजत जयन्तीको अवसरमा प्रकाशित झन्डे पाँच सय पृष्ठको ‘स्मारिका’ ग्रन्थका प्रकाशन प्रमुखका रुपमा उनले संस्थाको इतिहास, योगदान र समुदायको यात्रालाई व्यवस्थित रूपमा अभिलेख गरेका छन् ।

सामाजिक रूपमा सक्रिय मात्र होइन, बौद्धिक रूपमा पनि गहिरा सोच राख्ने पौड्याल विचार र काममा सन्तुलन खोज्ने नेतृत्वशैलीका पक्षधर हुन् ।

स्वयम्‌सेवकको रूपमा काम गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा समुदायको हितमा केन्द्रित स्वपौड्यालले समाजलाई पारदर्शी, सक्रिय र समावेशी बनाउने स्पष्ट योजना समेत अघि सारेका छन् । अधिवक्ता केशव राज सेढाईसँगको सहकार्यमा उनले संचालन गरको कार्यक्रमले अमेरिकास्थित नेपाली परिवारलाई निःशुल्क कानूनी सल्लाह र सहयोग प्रदान गरेको छ ।

को हुन् पौडेल ?

सन् २०१३ मा अमेरिका जानुभन्दा अघि पौडेल फिल्म निर्माणमा सक्रिय थिए । पत्रकारिताबाट आफ्नो करिअर सुरू गरेका उनले डकुमेन्ट्री र फिल्म निर्माणको यात्रालाई निरन्तरता दिए । दासढुंगा, गुडबाई काठमाडौं लगायतका फिल्मका सह(निर्माता पौडेल नेपाल-अमेरिका फिल्म सोसाइटीका संस्थापक उपाध्यक्ष हुन्। सन् २०१६ मा स्थापना भएको सोसाइटीले सन् २०१७ यता हरेक वर्ष नेपाल–अमेरिका टेक्सासको नेपाली समुदयामा पनि सक्रिय छन्, उनी । नेपाली समाज टेक्सास अमेरिकामा सक्रिय पुरानो नेपाली संस्थामध्ये एक हो। यो संस्थाको उपाध्यक्ष रहेका पौडेल अहिले प्रवक्ताको रूपमा स्वयमसेवक छन्।

प्रतिक्रिया