अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नेतान्याहूलाई माफी दिन राष्ट्रपति हर्जोगसँग आग्रह

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट एक पत्र प्राप्त भएको बताउनुभएको छ। पत्रमा भ्रष्टाचारका तीन अलगअलग मुद्दामा मुद्दाको सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई माफी दिन आग्रह गरिएको छ। प्रधानमन्त्री नेतन्याहूले चलिरहेका अदालती मुद्दाहरूमा कुनै पनि गलत काम नगरेको बारम्बार बताएका छन्।
अहिलेसम्म कुनै निर्णय भइसकेको छैन र नेतन्याहूका समर्थकहरूले मुद्दालाई राजनीतिक रूपमा प्रेरित भन्दै आएका छन् । गत अक्टोबरमा इजरायली संसदमा सम्बोधन गर्दा पनि ट्रम्पले हर्जोगलाई नेतान्याहूलाई माफी दिन सुझाव दिएका थिए। “राष्ट्रपति हर्जोगले अमेरिकी राष्ट्रपति ट्रम्पबाट पत्र प्राप्त गर्नुभएको छ, जसमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई माफी दिन विचार गर्न आग्रह गरिएको छ,” हर्जोगको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पत्रमा ट्रम्पले हर्जोगलाई ‘हामीले मिलेर कम्तीमा तीन हजार वर्षदेखि खोज्दै आएको शान्ति सुरक्षित गरेको उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा भनिएको छ, “म तपाईंहरूलाई प्रधानमन्त्री नेतान्याहूलाई पूर्ण रूपमा माफी दिन आह्वान गर्दछु, जो युद्धको समयमा एक शक्तिशाली र निर्णायक प्रधानमन्त्रीको रूपमा उभिनुभएको छ।” “म इजरायली न्याय प्रणालीको स्वतन्त्रताको पूर्ण सम्मान गर्दछु ।
मलाई विश्वास छ बीबी (नेतन्याहु)को बिरूद्ध यो ‘मुद्दा’ अनुचित राजनीतिक, अभियोजन हो,” पत्रमा भनिएको छ। नेतान्याहू र उनकी पत्नी सारामाथि राजनीतिक पक्षको बदलामा अर्बपतिहरूबाट सिगार, गहना र स्याम्पेन जस्ता दुई लाख ६० हजार डलरभन्दा बढी मूल्यका विलासिताका सामानहरू स्वीकार गरेको आरोप लगाइएको छ। उहाँमाथि दुई अन्य मुद्दाहरूमा दुई इजरायली सञ्चारमाध्यमबाट अधिक अनुकूल कभरेजको लागि कुराकानी गर्ने प्रयास गरेको आरोप पनि लगाइएको छ।
हर्जोगको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “इजरायली राष्ट्रपतिले ट्रम्पलाई उच्च सम्मान गर्नुहुन्छ र राष्ट्रपति ट्रम्पको इजरायलप्रति अटुट समर्थनका लागि गहिरो प्रशंसा व्यक्त गरिएको छ।” “सँगसँगै मुद्दाको सामना नगर्न माफी माग्ने जो कोहीले पनि स्थापित प्रक्रिया अनुसार राष्ट्रपति समक्ष औपचारिक अनुरोध पेश गर्नुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
सन् २०२२ को अन्त्यमा सुरु भएको आफ्नो वर्तमान कार्यकालमा नेतन्याहूले दूरगामी न्यायिक सुधारको प्रस्ताव गरेका छन् भने आलोचकहरूले अदालतलाई कमजोर बनाउन खोजेको बताएका छन्। यसले ठूलो विरोध प्रदर्शनलाई प्रेरित गरेको थियो र यो सन् २०२३ अक्टोबरमा गाजा युद्धको सुरुवातपछि मात्र रोकिएको थियो। ट्रम्प आफैँले लामो समयदेखि आफ्ना राजनीतिक विरोधीहरूले आफ्नो पदबाट बाहिर रहँदा न्याय विभागलाई निशाना बनाउन प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया