कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा निर्वाचित

धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा निर्वाचित भएका छन्। रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै ओझा विजयी भएका हुन् ।
९५० मतले ओझा विजयी हुँदा उनका प्रतिद्वन्द्वी स्वाँरले ८८९ मत प्राप्त गरे ।
ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक जना महासचिवमा विजयी भएका छन् । यस्तै, स्वाँर प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी, उद्योग उपाध्यक्षमा उनकै प्यानलका लक्ष्मण पन्त विजयी भएक छन् । त्यस्तै, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा ओझा प्यानलका गगनराज केसी र वस्तुगत उपाध्यक्षमा ओझा प्यानलकै अब्बु ओझा विजयी भएका छन् ।
यसैगरी, सङ्घको महासचिवमा ओझा प्यानलका दिनेश लम्साल, सचिव र कोषाध्यक्षमा स्वाँर प्यानलका प्रकाशकुमार चन्द र तिलकबहादुर बोहरा विजयी भएका छन्।
सङ्घको सदस्यमा शुभशङ्कर ठाकुर, अम्बिका भण्डारी, तेज बम, ध्रुवराज दाहाल, अजय पाण्डेय, तर्कराज भट्ट, मञ्जु भट्ट, सुरेश सापकोटा, बमबहादुर कुँवर, कमला भट्टराई, प्रमिला पाठक, देवराज जोशी र प्रेमबहादुर धामी विजयी भएका छन् ।
दुई हजार ३३५ मतदाता रहेको कैलाली उद्योग वाणिज्य सङ्घको निर्वाचनमा एक हजार ९४० मत खसेको थियो ।









जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया