एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै
मेरोन्यूज
२०८२ कार्तिक २९ गते ७:१६

काठमाडौं। नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो ।
एमालेले गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, असंवैधानिक ढंगबाट भएको संसद विघटन र भावी कार्यक्रमबारे प्रष्ट पार्न जनप्रदर्शन गर्न लागिएको जनाएको छ ।एमालेले यसअघि गत मंगलबार देशभरका ७५३ वटै गाउँपालिकामा र कात्तिक २२ गते ६ हजार ७४३ वडामा भेला गरेको थियो ।
घोषित कार्यक्रमअनुसार एमालेले आगामी मंसिर ६ गते काठमाडौँमा वृहत जनप्रदर्शन र सभा गर्ने जनाएको छ ।
सम्बन्धित
















इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया