मलाई र लेखक थुन्नुलाई नै याे सरकारले सुशासन ठानिरहेको छ : ओली
मेरोन्यूज
२०८२ कार्तिक ३० गते १६:५४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको बताएका छन् ।
आइतबार भक्तपुरको गुन्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै वर्तमान अन्तरिम सरकारले सुशासन ठानिरहेको बताए । त्यसैका लागि‘जेनजी’लाई संगठित गर्ने, उनीहरूका मागपत्र लेखिदिने, जेनजीलाई बोलाएर दबाब दिए भन्नेजस्ता भ्रम फैलाउने काममा सरकार लागेको उनको भनाइ थियो ।
वर्तमान सरकारले ‘बिनापैसाको नाटक’ देखाइरहेको ओलीले टिप्पणी गरे । जेनजीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ‘ड्राफ्ट’ गरेको भन्ने समेत आफूलाई जानकारी रहेको उनले बताए ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया