निर्वाचन आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी

काठमाडौँ। निर्वाचनमा आयोगमा नयाँ दल दर्ता र पुराना दल खारेजीको क्रम जारी रहँदा आजसम्म १२२ दल कायम रहेका छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणा भएको मिति गत भदौ २७ पछि सात नयाँ दल दर्ता र पुराना सात दल खारेज भई एक सय २२ राजनीतिक दल कायम रहेको जानकारी दिए । निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने आज अन्तिम दिनसम्म निवेदनको क्रम चलेकाले ती नयाँ आवेदनबारे आवश्यक कागजात हेरेर आयोगले चाँडै निर्णय गरी दल दर्ताको प्रमाणपत्र दिनेछ ।
अहिले आयोगमा २८ नयाँ दलको निवेदन विचाराधीन छ । आयोगको कार्यतालिका अनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म पुराना र नयाँ सबै दलले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बेग्लै दल दर्ता गर्नुपर्नेछ । यसका लागि आयोगले सूचना प्रकाशन गरिसकेको छ ।
हालै एकताबाट निर्मित नेपाली कम्युनिष्ट पार्टीलाई आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका दलहरु समायोजित भई दलको सङ्ख्या घटेको हो ।
आयोगले नागरिकको चापलाई ध्यानमा राखेर मतदाता नामावली दर्ता र अद्यावधिकको कार्यको अवधि आजसम्म निर्धारण गरिएकामा थप गरेर आगामी मङ्सिर ५ गतेसम्मका लागि कायम राखेको छ । राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ । आयोगले शनिबार यो कार्य जारी राखेको थियो ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया