मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
मेरोन्यूज
२०८२ मंसिर १ गते १२:४२

काठमाडाैं । सोमबार राति साउदी अरबमा भएको सडक दुर्घटनामा ४२ जना भारतीयको मृत्यु भएको छ।
मक्काबाट मदिना जाँदै गरेको बस डिजेल ट्याङ्करसँग ठोक्किएर आगो लागेको छ। मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन्। रिपोर्टका अनुसार दुर्घटनामा बस चालक मात्र बाँचेका छन्।
मृत्यु हुने अधिकांश हैदराबादका रहेको अनुमान गरिएको छ। दुर्घटना बिहान १:३० बजे मदिनाबाट लगभग १६० किलोमिटर टाढा मुहरास नजिकै भएको थियो। धेरै यात्रुहरू सुतिरहेका कारण पनि ठूलाे मानवीय क्षति भएकाे बताइएकाे छ ।
तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग सम्पर्कमा रहेको बताएको छ। राज्य सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीका अधिकारीहरूलाई पीडितहरूको पहिचान र अन्य औपचारिकताहरूमा सहयोग गर्न दूतावाससँग नजिकबाट समन्वय गर्न निर्देशन दिएका छन्।
सम्बन्धित















11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया