बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

काठमाडाैं। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
बंगलादेशको राजधानी ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहर गर्दै उक्त फैसला सुनाएकाे हाे। ट्रिब्यूनलले उनलाई २०२४ को विद्यार्थी विरोध प्रदर्शनका क्रममा भएका हत्याका मुख्य योजनाकार भनेको छ।
हसिनालाई दुई आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ: हत्याको लागि उक्साउनु र हत्याको आदेश दिनु। अदालतले अर्का अभियुक्त, पूर्व गृहमन्त्री असदुज्जमान खानलाई पनि १२ जनाको हत्याको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
यस्तै पूर्व आईजीपी अब्दुल्लाह अल-मामुनलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ।
अदालतले शेख हसिना र असदुज्जमान कमलको बंगलादेशमा रहेको सम्पत्ति जफत गरेको छ। हसिना र असदुज्जमान कमल फरार सूचीमा छन्। उनीहरु दुवै विगत १५ महिनादेखि भारतमा बस्दै आएका छन्।















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया