बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

काठमाडाैं। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
बंगलादेशको राजधानी ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहर गर्दै उक्त फैसला सुनाएकाे हाे। ट्रिब्यूनलले उनलाई २०२४ को विद्यार्थी विरोध प्रदर्शनका क्रममा भएका हत्याका मुख्य योजनाकार भनेको छ।
हसिनालाई दुई आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ: हत्याको लागि उक्साउनु र हत्याको आदेश दिनु। अदालतले अर्का अभियुक्त, पूर्व गृहमन्त्री असदुज्जमान खानलाई पनि १२ जनाको हत्याको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
यस्तै पूर्व आईजीपी अब्दुल्लाह अल-मामुनलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ।
अदालतले शेख हसिना र असदुज्जमान कमलको बंगलादेशमा रहेको सम्पत्ति जफत गरेको छ। हसिना र असदुज्जमान कमल फरार सूचीमा छन्। उनीहरु दुवै विगत १५ महिनादेखि भारतमा बस्दै आएका छन्।










पशुपतिनाथको नागमणि प्रदर्शन
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए
नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर १२ गते देखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्ने
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया