चार कोरोना सङ्क्रमितको मृत्यु
मेरोन्यूज
२०७८ जेठ २ गते १४:४७

हेटौँडा । हेटौँडा अस्पतालमा उपचारका क्रममा थप चारजनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचार गराइरहेका तीन महिला र एक पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिए ।
उनका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा शनिबार दुई र आज बिहान दुई गरी चारजनाको कोभिड उपचार कक्षमा मृत्यु भएको हो । मृत्यु हुनेमा सबै हेटौँडा उपमहानगरपालिका निवासी रहेका छन् ।
मृत्यु हुनेमा वडा नं १४ की ७४ र ४८ वर्षीया महिला, वडा नं ८ की ६१ वर्षीया महिला र वडा नं २ चौकीटोलका ६४ वर्षीय पुरुष रहेको डा काफ्लेले बताए । मृतक सबैमा कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पतालको कोभिड उपचार कक्षमा भर्ना भएका थिए । रासस
सम्बन्धित










जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
एआई र विद्युतीय गाडीमा साओमीको यस्ताे सफलता
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया