कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’

काठमाडौं– नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस सुधार अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसमा आस्थावान ४० वर्ष मुनिका युवाले पार्टीभित्र युवाको सम्मानजनक सहभागिता प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै आज १०१ सदस्यीय कांग्रेस सुधार अभियान केन्द्रीय संयोजन समिति गठन गरेका हुन् ।
पार्टीभित्र आमूल सुधार र रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीका तर्फबाट तीनवटै तहमा हुने निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब दिन संयोजन समिति गठन गरिएको नेपाल विद्यार्थी सङ्घका पूर्व कोषाध्यक्ष शिव रिमालले जानकारी दिए ।उक्त समितिले खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीका तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेद्वार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था गराउनसमेत माग गरेको छ ।
पाटीभित्र विधानको संशोधन, लोकतन्त्रको संरक्षण, संवर्द्धनका लागि खबरदारी, नयाँ बहस र पैरवीका लागि सुरुआती चरणमा प्रतिनिधिमूलक रुपमा समिति गठन गरिएको रिमालले बताए।
















एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते
10 injured in bus- microbus collision
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया